बैंगलोरलाई हराउँदै कोलकाता क्वालिफायरमा

| २०७८ असोज २५ गते २३: ३९ मा प्रकाशित

काठमाडौं । कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो ।

अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ ।  बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे ।

यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिस रानाले २३ रन बनाए । 

दिनेश कार्तिकले १० रन जोड्दा राहुल त्रिपाठी ६ रनमा आउट भए ।

कप्तान इयान मोर्गनले अविजित ५ रन जोड्दा शकिब अल हसनले अविजित ९ रन बनाए ।बैंगलोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो ।

बैंगलोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देबदुत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।

साहबाज अहमेदले १३ रन जोडे भने एबी डी भिलियर्स ११ रनमा आउट भए ।

कोलकाताका सुनिल नारिनले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्