गुल्मीमा चितुवाको अक्रमणमा परि एक जना घाइते, चितुवाको मृ'त्यु

| २०७९ भदौ २७ गते १८: ४६ मा प्रकाशित

गुल्मी। रेसुङ्गा नगरपालिका ६ निनिचौरमा अचम्मको घटना घटेको छ ।

 स्थानीय यम बहादुरको कुवरको कुखुरा खोरमा कुखुरा खान पसेको चितुवा कुवर माथिनै आइलागे पछि कुवर र चितुवाको झडप हुँदा चितुवाको मृत्यु भएको छ भने कुवर घाइते भएका छन । हिजाे बिहान कुवर र चितुवा बिच झण्डै ५ मिनेट झडप भएको बताईएको छ । ३० वर्षीय कुवरको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भैईरहेको छ । भने घटना स्थलमा प्रहरी तथा बन कार्यालय गुल्मी पुगेको छ । 

चितुवाले खोरमा रहेका ठूला कुखुरा ६०, ७० वटा र साना ५०, ६० वटा कुखुरा मारेको प्रहरीले जनाएको छ । चितुवाको आक्रमणबाट घाइतेभएका कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्