२ फिटका युवक प्रहरी कार्यालय पुगेर भने, ‘म्याडम मेरो विवाह गराइदिनुहोस्’

| २०७८ असार १४ गते ०२: ५० मा प्रकाशित

मानिस जन्मिएपछि ठ्लो हुँदै जाँदा सामान्यतया विवाह गर्ने योजना बोकेको हुन्छ् । विवाह आफै वा घर परिवारको साहाराले गरिन्छ ।

भारतको उत्तर प्रदेशमा एक युवक महिला प्रहरी कार्यालय पुगेर विवाह गरिदिन आग्रह गरेका छन् । प्रहरी कार्यालय पुगेका युवकले आफु अन्य मानिस भन्दा केही फिट होचो भएकाले विवाह हुन नसकेको बताएका छन् । फरियादीका युवकले प्रहरी कार्यालय पुगेर बिन्ति गर्दै भने, ‘म्याडम मेरो विवाह गराइदिनुहोस्, म कति समय सम्म कुमार रहने ।’

वास्तवमा उनको उचाइ नै विवाहको बाधक बनेको छ । उनको उचाई होचो भएकै कारण विवाह गर्न नपाएका हुन् । उनले प्रहरी समक्ष दुलही भेटेपनि घर परिवारले विवाह गर्न नदिने आरोप पनि लगाएका छन् ।


युवक २६ वर्षका भए । उनको नाम मोहम्मद अजीम हो । उनले हालसम्म घर परिवारदेखि आफन्तलाई पनि आफ्नो विवाह गर्न भने तर कसैले कुरा सुनेनन् र उनी प्रहरी कार्यालय पुगेका हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्