इजरायलले बनायो यस्तो प्रविधि, अब सैनिक दुश्मनले थाहै नपाइ ‘गायब’ हुन सक्ने

| २०७८ असार १७ गते ०२: २५ मा प्रकाशित

काठमाडौं। इजरायलको रक्षा मन्त्रालयले देशकै कम्पनी पोलारिस सोल्युसन्ससँग मिलेर मानिस लुक्न सक्ने अद्भूत प्रविधि बनाएको छ । यो प्रविधिबाट सैनिक भर्चुअल रुपमा अदृश्य हुन सक्नेछन् । यो छद्म आवरणको प्रयोगपछि सैनिक हेर्दा दुरुस्तै चट्टानजस्तै देखिनेछन् । यस्तो अवस्थामा उनीहरुलाई सजिलै चिन्न सकिने छैन ।

जेरुसेलम पोस्टका अनुसार यो प्रविधिलाई किट ३०० नाम दिइएको छ । यसलाई बनाउन थर्मल भिजुअल पदार्थहरुको प्रयोग गरिएको छ जसमा धातु, माइक्रोफइबर र पोलिमरको प्रयोग गरिएको छ । यसबाट इजरायली सैनिकलाई पहिचान गर्नै सजलो हुने छैन । यो उपकरणलाई हल्का स्ट्रेचरमा पनि परिणत गर्न सकिनेछ । यो लगाएपछि सैनिकलाई मानिसको आँखाले मात्र नभइ थर्मल इमेजिङ उपकरणको सहायताले पनि पहिचान गर्न सकिने छैन ।

यो शीटको तौल करिब ५०० ग्राम छ । यसलाई बेरेर पनि राख्न सकिन्छ । इजरायली सेनाले यसको परीक्षण गरेको छ र अब सेनामा यसलाई पनि सामेल गरिँदैछ । यस किसिमको छद्म आवरण बनाउने आइडिया पोलारिस सोल्युसन्सका सहसंस्थापक असाफको दिमागमा आफ्नै भोगाइपछि आएको थियो । २००६ मा लेबनान युद्धका क्रममा असाफइजरायली सेनामा थिए । त्यस क्रममा उनले सैनिक शत्रुको थर्मल इमेजिङ उपकरणको अगाडि सुरक्षित नभएको पाए । त्यसपछि उनले यस्तो उपकरण बनाउने सोचेका थिए ।

प्रतिक्रिया दिनुहोस्