इजरायलले किन चलायो चरा मार्ने अभियान ?

| २०७८ पौष १४ गते २३: १७ मा प्रकाशित

काठमाडौं । इजरायलले चरा मार्ने अभियान थालेको छ । एभियन फ्लु A(H5N1)  को महामारी रोक्ने उद्देश्यले चरा मार्ने अभियान चलाइएको हो ।

यो अभियानको क्रममा १० हजारभन्दा बढी टर्की चरा मारिने बीबीसीले जनाएको छ । हुला नेचर रिजर्भमा एभियन फ्लुका कारण ५ हजारभन्दा बढी प्रवासी सारस चरालाई मारिसकिएको छ । स्थानीय किसानका पनि करिब पाँच लाख कुखुरा मारिने छ । यसबाट अण्डा अभाव हुने अनुमानसमेत गरिएको छ ।

इजरायलका पर्यावरण मन्त्री तमर ज्याण्डवर्गले इजरायलको इतिहासमा वन्यजीवका लागि यो सबैभन्दा ठूलो झट्का भएको बताएका छन् ।

यद्यपि एभियन फ्लु मानिसमा सरेको पुष्टि भने भएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार पन्छीबाट मानिसमा यो भाइरसको संक्रमण फैलिनु निकै दुर्लभ घटना हो । तर सन् २००३ मा मानिसमा सरेको यो महामारीबाट ४५६ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री नेफ्टाली बेनेटले राष्ट्रिय सुरक्षा सल्लाहकार र अन्य विशेषेज्ञहरुसँग छलफल गरी फ्लुको महामारी राक्नेबारे छलफल गरेका थिए । त्यसपछि पन्छी नष्ट गर्ने क्रम जारी छ ।

संक्रमित पन्छीको सम्पर्कमा रहेकाहरुलाई सुरक्षा सावधानीका साथ उपचार जारी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्