अष्ट्रेलियन पूर्वक्रिकेटर शेन वार्नको निधन

| २०७८ फागुन २० गते २०: २० मा प्रकाशित

काठमाडौँ। अस्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको अष्ट्रेलियन समय अनुसार शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको हो ।

जारी सूचना अनुसार उनको हृदयघातका कारण निधन भएको आशंका गरिएको छ । ‘उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए । तर उनलाई ब्युँत्याउन सकिएन’ विज्ञप्तिलाई उद्धृत गर्दै फक्स क्रिकेटले लेखेको छ ।

१५ वर्षसम्म अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमबाट खेलेका वार्नले खेल जीवनभर टेष्ट क्रिकेटमा ७ सय ८ विकेट लिएका थिए। टेष्ट क्रिकेटमा धेरै विकेट लिने खेलाडीमध्ये उनी दोस्रो नम्बरमा थिए। सर्वाधिक विकेट लिने पहिलो नम्बरमा भने श्रीलंकाली क्रिकेटर मुथैया मुरलिधरण छन् ।

प्रतिक्रिया दिनुहोस्