माओवादी केन्द्र निकट सङ्गठन अखिल भारत नेपाली एकता मञ्चमा अन्य सङ्गठनका नेता कार्यकर्ताहरुको प्रवेश गर्नेको भारतभरी जनलहर

| २०७९ बैशाख १२ गते १४: १९ मा प्रकाशित

एमाले  निकट सङ्गठन प्रवासी नेपाली संघ भारत  विप्लव नेतृत्व सङ्गठनलगायत अन्य सङ्गठनका नेता कार्यकर्ता  परित्याग गरी२०० भन्दा माथि  नेता तथा कार्यकर्ता अखिल भारत नेपाली  एकता  मञ्चमा प्रवेश गर्नुभएकाे छ ।

यही मिति २४-०४-२०२२ का दिन  विशाल कार्य्रकम बीचमा प्रवासी नेपाली संघ भारतका सचिवालय सदस्य कृस्ण प्रसाद भट्टराई समेत दर्जनौ कार्यकर्ता अखिल भारत नेपाली एकता मंच भारत मा प्रवेश गरेका छन ! एकता मंच का केन्द्रिय अध्यक्ष राजेन्द्र शर्मा र वरिष्ठ उपाध्यक्ष जे बि रसालिले अभिर माला लगाएर स्वागत गरि प्रेवेश गराउनु भएको थियो ।कार्य्रकम पंजाबको लुधियानामा भएको थियो 

अखिल भारत नेपाली एकता मञ्च भारत दिल्ली,  युपी , हरियाणा राज्य समितीको भेला तथा प्रशिक्षण साथै  सेती महाकाली प्रबास सङ्घर्ष समितीबाट मनीष पार्कि  नेतृत्व झन्डै  ४दर्जन भन्दा माथि बिभिन्न सङ्ग सङ्गठनबाट बिद्रोह गरि एकता मञ्चमा प्रबेष गर्नु हुने साथिहरुलाई अखिल  भारत नेपाली एकता  मञ्च केन्द्रीय उप महासचिब आरबी खड्काले स्वागत गर्नु भएको थियो ! कार्य्रकम  नई दिल्ली स्थित कोटला सेबानगर आर्यसमाज मन्दिरमा सु-सम्पन्न गरिएको छ।

अखिल भारत नेपाली एकता मंच केन्द्रीय अध्यक्ष राजेन्द्र शर्मा बोल्दै लुधियानामा  आसन्न स्थानिय तह निर्वाचनका विषयमा नेता कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै प्रतिगमनकारीहरूलाई धुडा टेकाउन र अग्रगामी उपलब्ँधीहरूलाई संरक्षण गर्नपनि लोकतान्त्रि शक्तिहरूका बिच गठबन्धन भएको छ। देश जोगाउने सक्ती माओवादी मात्र हो भन्ने देशव्यापी रूपमा स्थापित भैसकेको भन्दै यहि एजेण्डालाई लिएर उच्च मनोबलका साथ संगठन निर्माणमा लाग्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्