नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

| २०७९ असार ११ गते १६: २९ मा प्रकाशित

 रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प नै रक्तदान हो। 

"रक्तदान जीवनदान" नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भयाे। रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका  अध्यक्ष  नवराज पन्थी,गैरआवासीय नेपाली संघ कुवेतकाे  अध्यक्ष रणध्वज लामा लगायत  महासंघ वैदेशिक शाखाका  सम्पूर्ण पदाधिकारीको उपस्थिति थियो। महासंघबाट उपस्थिति सबैजनाले  रक्तदान गरेका थिए। 

रक्तदान कार्यक्रमको  संयोजन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल गरेका थिए भने  विशेष ब्यवस्थापन  नेपाली रक्तदाता संघ कुवेतका  (NBDA KUWAIT) अध्यक्ष रुपेन हमालले
गरेका थिए। रक्तदान कार्यक्रममा जान आउनको लागि  यातायातको समेत व्यवस्था गरिएको थियो। रक्तदान पछि 
रक्तदान गरेका व्यक्तिहरुलाई जुस पानी, फलफूल तथा  हल्का खानपिनकाे व्यवस्था समेत गरिएको थियोे।
 
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतकाे रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए।आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला परेको छैन। ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा अझै रगतको चरम संकट  छ। कुनै पनि एक तन्दुरुस्त स्वस्थ  व्यक्तिले  डाक्टरको सल्लाहअनुसार  तीन /तीन महिनामा रक्तदान गर्न सकिन्छ।

 कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो। यसरी रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि पनि हो । तपाईंले गरेकाे रक्तदानले  आफ्नो जीवनलाई मात्र नभई अरुको पनि  जीवन बचाउँछ।

प्रतिक्रिया दिनुहोस्