इजरायलमा २०७९ को हरितालिका तिज नेपालका चर्चित कलाकारहरुको साथमा भव्य रुपमा मनाइदैं

| २०७९ सावन ३ गते १४: ४७ मा प्रकाशित

तेलअभिव इजरायल। नेपाली नारिहरुको महान पर्व हरितालिका तिज तथा चौंथा पुजाको अवसर पारि इजरायलमा २०७९ को सांगीतिक तिज (महोत्सव)धमाका हुँने भएको छ। 

झापाली समाज इजरायल र गैर आवासीय नेपाली संघ इजरायल (एनआरएनए )को मुख्य आयोजकत्वमा २०७९ को तिज बिशेष सांगीतिक साँझ मनाउँन लागिएको हो। 

२६ अगष्टमा हुन् गईरहेको तिज मेघा महोत्सव २०७९ तथा दर खाने कार्यक्रमका आयोजक संस्थाहरु "इजरायल गोर्खा एसोसियन ,मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल ,नमस्ते नेपाल हातेमालो सामाजिक संस्था ,हिन्दु जागरण नेपाल अभियान इजरायल ,इन्डियन गोर्खा कम्पनि इजरायल ,चितवन समाज इजरायल सहृदयता अन्तराष्ट्रिय रहेका छन्। 

उक्त तिज मेघा महोत्सव २०७९ मा नेपालकी चर्चित लोकदोहोरि गायिका ,टिका सानु ,"सालको पातको टपरी हुनी हे बरै न हुने सल्लाईको " गीतका चर्चित लोकदोहोरि गायक कुलेंद्र बिश्वकर्मा ,गायक राजन राज शिवाकोटी ,चर्चित गायाक पुष्पन प्रधान लगायतका कलाकारहरुको उपस्थितिमा सांगीतिक धमाका हुने छ। 

तिज मेघा महोत्सव २०७९

कार्यक्रमको मिडिया पार्टनरहरु ,हाम्रो दमक डट्कम ,स्वदेश नेपाल डट्कम, तीनजुरे मिडिया ,फिस्टेल न्युज ,ए वान नेपाल  डट्कम र अर्घाखाँचीबुलेटिन  डट्कम रहेका छन्। 

तिज मेघा महोत्सवको स्पोन्सरहरु ,गोर्खा किचेन ,मोबाइल होम ,ह्यक्रिन ,ओम इन्डियन स्टोर रहेका छन्। कार्यक्रम २६ अगष्ट २०२२ को साँझ ७ बजे बाट शुरु हुने आयोजकले बताएको छ।तिज कार्यक्रम तेलअभिवमा रहेको युनिभर्सिटीमा हुने छ। 

कार्यक्रम स्थल सम्म जानको लागि लेवन्सकी पार्क बाट यातायात ( बस) को व्यवस्था गरिएको आयोजक टिमले जानकारी दिएको छ। साथै इजरायललाई कर्मथलो बनाउँनु हुने सम्पूर्ण नेपालीभाषी दाजुभाई तथा दिदिबहिनीहरुलाई आयोजक टिमले चुले निम्तो समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्