नेपाली जनप्रगतिशिल मन्च बहराइनद्वारा बिजया दशामी बिशेष बनभोज तथा स्वागत कार्यक्रम सम्पन्न

| २०७९ असोज २२ गते २०: १७ मा प्रकाशित

बहराइन। नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतिशिल मन्च बहराइनले आयोजना गरेको  बिजय दशमी बिशेष  बनभोज तथा स्वागत कार्यक्रम २०७९ निकै उत्साह जनक उपस्थितिमा भब्य रूपमा यहि अक्टोबर ७ तारीख ,शुक्रबारका दिन बहराइन स्थित मुन स्विमिङ्ग पुल खमिसको सभाहलमा नेकपा माओवादी केन्द्रका प्रखर युवा नेता / पश्चिम एसिया नेपाली जनप्रगतिशिल मन्चका संयोजक कमरेड श्री शनिकुमार ओलिको प्रमुख आथित्यमा सु-सम्पन्न भयो। 

उक्त कार्यक्रमको सभापतित्व नेपाली जनप्रगतिशिल मन्च बहरानका अध्यक्ष कमरेड श्री युबराज केसि ले गर्नु भएको थियो ।साथै कार्यक्रममा विभिन्न देशबाट हाम्रो मन्चलाई माया गरेर विभिन्न बैचारिक तथा संघ / संगठनका दिग्गज ब्याक्तीत्वहरु बिशिस्ट अतिथिको रूपमा पाल्नु भएको थियो ।

युबराज केसि 

उक्त कार्यक्रममा बिशिस्ट अतिथिमा नेपाली जनप्रगतिशिल मन्च मध्यपुर्ब सल्लाहकार तथा बहराइनका प्रमुख सल्लाहकार श्री नारायण रपाल बिश्वकर्मा ज्यु,एन आर एन ए मध्यपुर्ब संयोजक श्री राजेन्द्र अर्याल ,राजनीतिक एब सामाजिक बौद्धिक ब्याक्तीत्व श्री राजु शैयद ,प्रबासी मन्च मध्यपुर्ब सचीव श्री शालिकराम पन्त हुनुहुन्थ्यो । बिशेष अतिथिमा नेपालि जनप्रगतिशिल मन्च मध्यपुर्ब का सदस्य द्वाय क.कृष्ण लिम्बू , क.मिनराज नाथ, नेपाली जनसम्पर्क समिति बहराइनका सभापति श्री पदम सुन्दर गुरुङ ,प्रबासी मन्च बहरानका अध्यक्ष श्री हरिकुमार श्रेष्ठ रहेका थिए।

संगठनका दिग्गज ब्याक्तीत्वहरु

उक्त ऎतिहासिक कार्यक्रम सन्चालन नेपाली जनप्रगतिशिल मन्च बहराइनका उपाध्यक्ष श्री सुक बहादुर कोईराला ( निस्चल ) ले गर्नु भएको थियो।

राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रम एक मिनेट शहिदहरु प्रती उच्च सम्मान स्वारुप मौन धारणा लगतै मन्चका बरिस्ठ उपाध्यक्ष श्री रामु काफ्लेले स्वागत मन्तव्य पस्चात मन्चका सास्कृतिक बिभागका संयोजक कलाकार श्री बामदेब भाट ले स्वागत गित मार्फत स्वागत गर्नु भएको थियो ।

नेपाली  जनप्रगतिशिल मोर्चा विघटन गरेर  जनप्रगतिशिल मन्चमा समाहित हुनु हुने सम्पुर्ण कमरेडहरु लाई स्वागत गरि मुल घरमा प्रमुख अतिथि शनिकुमार ओलिको हातबाट टीका र खादा लगाएर स्वागत गर्नु भएको थियो । जसमा मोर्चाका अध्यक्ष क.कृष्ण लिम्बू ,पुर्ब महासचिव क.मिनराज नाथ , उपाध्यक्ष क.असिम लिम्बु, कोषाध्यक्ष  क.रमेश ठगुन्ना, ससचिब क. लोकेन्द्र शाहि को उपस्थिति रहेको थियो । उहाँहरुको प्रबेशले अबका दिनहरूमा मंच थप उचाइमा पुग्ने निश्चित भएको नेपाली जनप्रगतिशिल मन्च बहराइनले बताएको ।

नेपाली  जनप्रगतिशिल

शुभकामना मन्तव्यका क्रममा प्रबासी नेपाली मंच बहराइनका अध्यक्ष श्री हरिकुमार श्रेष्ठ ज्यु, नेपाली जनसम्पर्क समितिका सभापति श्री पदमसुन्दर गुरुङ ले मंचको उच्च प्रगतिको कामना सहित सहकार्य गरेर नै प्रदेशका सामाजिक कामहरूमा हातेमालो गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

नेपाली  जनप्रगतिशिल

बिशिस्ट अतिथिहरु क्रमशः श्री मिनराज नाथ, श्री शालिकराम पन्त , श्री राजु शैयद ज्यु,श्री राजेन्द्र अर्याल ले मन्चको गतिशीलताको उच्च मुल्यांकन गर्दै थप प्रगतिको शुभकामना कामना गर्नु भएको थियोे ।

मंचका प्रमुख सल्लाहकार क.नारायण रपाल ले पनि आफ्नो दमदार भनाइ राख्नु भएको थियो ।अन्तिममा कार्यक्रमका आकर्षक तथा प्रमुख अतिथि पश्चिम् एसिया संयोजक कमरेड श्री शनिकुमार ओलि  ले पाटी ,संगठनलाई मजबुत बनाउन प्रबासमा रहेर पनि नेपाली जनप्रगतिशिल मन्चले अहम भुमिका खेलेको र जो जहाँ छौ,आफ्नो ठाँउबाट समाजबादको लक्ष्य प्राप्तिको लागि परिवर्तनको सुचक बनौ भन्ने दमदार भनाई सहित प्रशिक्षण दिए लगत्तै कार्यक्रमका सभाअध्यक्ष मन्चका अध्यक्ष कमरेड युबराज केसि  ले बिजय दशमिको शुभकामना सहित कार्यक्रम भब्य / सब्य रूपमा सफल पार्न खटिनु हुने सम्पुर्ण लाई हार्दिक धन्यवाद दिदै समापन गर्नु भएको थियो।

औपचारिक कार्यक्रम समापन पश्चात् बनभोज कार्यक्रम को निकै उत्साह पुर्बक नाचगान भएको थियो ।यस ऎतिहासिक कार्यक्रम बिजय दशमी बिशेष बनभोज तथा स्वागत कार्यक्रम २०७९ भब्य र सब्य रूपमा सफल पार्न बहराइन मन्चको निमन्त्रणालाई सहर्ष स्विकार्दै आफ्नो महत्त्वपूर्ण समय ब्यतित गर्नु हुने प्रमुख अतिथि ,बिशिस्ट अतिथि ,बिशेष अतिथि ,अतिथी तथा उपस्थित सम्पुर्ण मन्चका जुजारु कमरेडहरु लगायत आगन्तुक शुभचिन्तक मित्रहरुमा स-सम्मान नेपाली जनप्रगतिशिल मन्च बहराइनले  हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्