नेपाली नयाँ वर्ष २०८० को अवसर पारि इजरायलमा ‘फ्रोजन व्याण्ड लाइभ कन्सर्ट’ हुँदै

| २०७९ चैत २७ गते २२: ५५ मा प्रकाशित

सुनिल श्रेष्ठ,इजरायल। नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर `द फ्रोजन व्याण्ड लाइभ कन्सर्ट’ हुँदै छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी), (इजरायल व्याण्ड च्याम्पियन नेपालको विजेता’The Frozen Band’ लाई इजरायलमा आमन्त्रण गरी साङ्गितिक कार्यक्रम गर्न भव्य तयारीमा जुटेको छ ।

‘द फ्रोजन व्याण्ड’, नेपालमा आयोजित ‘व्याण्ड च्याम्पिएन २०२२’ को विजेता हो ।

दार्जिलिङ –मिरिकको उक्त व्याण्ड व्याण्ड कम्पिटसन नेपाललाई प्रतियोगिताको क्रममा इजरायलमा रहेका नेपाली तथा नेपाली भाषी भारतीयहरुले अभियान नै संचालन गरी सो व्याण्डको प्रचारप्रसारमा सहयोग गरेर व्याण्ड च्याम्पियनको उपाधि दिलाउन सफल भएका थिए ।

त्यसयता देखि नै इजरायलमा सो व्याण्डको कार्यक्रमको माग हुदै आइरहेको थियो ।

आगामी १४ अप्रिल शुक्रवार आयोजना गर्ने तयारी गरिएको सो कार्यक्रम इजरायलवासी नेपाली, दार्जिलिङ, कालिङ्पोङदेखि लिएर मनिपुर सिक्किमसम्मका नेपाली भाषी नेपालीहरुलाई समेत जोड्ने गरी आयोजना गर्न लागिएको एनआरएनए इजरायल अध्यक्ष गणेश गिरीले बताउनुभयो ।

“The Frozen Band Live Concert in Israel” नाम दिइएको उक्त कार्यक्रम तेलअभिवको हाहगना–१३५ स्थित वेत बारवर हलमा आयोजना हुने छ ।

बहु प्रतिक्षित FROZEN BAND व्यान्ड च्याम्पियन भइसकेपछि वर्ल्ड टूरको क्रममा भर्खरै मात्र दुवईमा कार्यक्रम सम्पन्न गरी फर्केको छ भने इजरायलको कार्यक्रम पछि अष्ट्रेलियाका विभिन्न शहरहरुमा कार्यक्रम गर्ने तयारी गरिरहेको व्यान्डका प्रमुख दिप तामाङले बताउनुभयो ।

भोकलिस्ट दिप रसाइली, लिड गितारिस्ट गौरब लामा, व्यासिस्ट दिप तामाङ, ड्रमर सिद्दार्थ प्रधान र किवोर्डिस्ट सौरभ सुनार सहित ५ जनाको टोली इजरायल आउने बताइएको छ ।

नेपाली नयाँ वर्षकै दिन शुक्रवार बेलुकी साढे ७ बजेदेखि संचालन गरिने उक्त कार्यक्रममा औपचारिक कार्यक्रम नराखिई सिधै सांगीतिक मनोरन्जनमा लागिने आयोजकले बताएका छन् ।

कार्यक्रम स्थलमा पुग्नको लागि लेवन्स्की पार्क,तेलअभिवबाट निःशुल्क बसको समेत व्यवस्था गरिएको बताउदै अध्यक्ष गिरीले इजरायलवासी नेपालीहरुको इच्छा बमोजिम आयोजना गरिएको यो कार्यक्रम सबैको साझा भएकोले इजरायलस्थित नेपाली राजदुतावास, सम्पूर्ण सामाजिक, धार्मिक तथा जातीय संघसंस्थाहरु, मिडियाकर्मीहरु लगायत सबैको साथ र सहयोगको अपेक्षा लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्