राष्ट्रिय नेवा: खल: इजरायलले नेवा: राष्ट्रिय पोशाक अनलाइन फोटो प्रतियोगिता ११४३ गर्दै

| २०८० बैशाख १७ गते १४: ५९ मा प्रकाशित

काठमाडौं । राष्ट्रीय नेवाः खलः इजरायलको ‘१२ औं अधिवेसन तथा साधारण सभा’ हुँदै छ । नेवाः राष्ट्रिय भेष–भुषाको उत्थान साथै संरक्षण, प्रबर्द्धन गर्ने उदेश्यले आगामी नेपाल संवत् ११४३ तछलागा षष्ठी ई.सं.२०२३ जुन ९ तारिख शुक्रबार ‘१२ औं अधिवेसन तथा साधारण सभा’ को आयोजना हुन लागेको हो।

सो अवसरमा गरिने ‘नेवाः राष्ट्रिय भेष–भुषा फोटो प्रतियोगिता ने. सं. ११४३’ मा सम्पुर्ण नेपालीलाई नेवाः भेष–भुषामा फोटो खिची पठाई प्रतियोगितामा सहभागी हुनु हुन हार्दिक अनुरोधसमेत गरिएको छ।

यस्ता छन् नेवाः राष्ट्रिय भेष–भुषा फोटो प्रतियोगिताको नियमहरू

१) नेवा: राष्ट्रिय भेष-भुषामा ( नमूनामा राखिएको फोटो ) अनुसार हुनु पर्नेछ ।

२) फोटो यस पेजको इन बक्स वा email-newastate@yahoo.com मा पठाउनु पर्नेछ ।

३) सहभागी प्रतियोगीहरूको ठेगाना, पूरा नाम र फोन नम्बर दिनु पर्नेछ तर फोन नम्बर गोप्य राखिने छ ।

४) यस प्रतियोगिता सम्बधी तत्काल केहि निर्णय गर्नु परेमा यस सम्बन्धि अन्तिम फैसला गर्ने अधिकार संयोजक समिति वा राष्ट्रिय नेवा: खल: ईजरायल हुनेछ ।

५) प्रतियोगिहरूले पठाएको फोटो यस पेजमा प्रकाशित भए पछि स्वत: प्रतियोगितामा समाबेस हुनेछ भने प्रतिस्पर्धीहरूले अधिक लाइक प्राप्त गर्न आ-आफनो साथीहरूलाई सेयर, ट्याग,र मेन्सन गर्न सक्नु हुनेछ ।

६) ई. सं. 2023 जुन 1 तारिख सम्म इनबक्समा आएको फोटोलाई प्रतियोगितामा सामाबेसी गरिने छ भने 2023 जुन 5 तारिख राती 12.00 बजे ( Israeli Time ) लाई अन्तिम समय मानेर त्यस मध्ये सबै भन्दा बढि मनपराएको ( Like ) गरेको तीन जना प्रतिस्पर्धीहरूलाई प्रथम दोश्रो र तेस्रो बिजेता घोषणा गरि क्रमशः 20,000/ 15,000/ 10,000/ र सान्त्वना दुई जनालाई 5,000/5,000 हजार नेपाली रूपैयाँ पुरस्कार र सम्मान पत्र प्रदान गरिनेछ ।

७) विजेताहरुलाई 9 जुन 2023 मा हुने राष्ट्रीय नेवा: खल: ईजरायलको १२ अौं अधिबेसनका दिन सम्मान पत्रका साथ सम्मानित गरिनेछ भने ईजरायल भन्दा बाहिरको विजेता भएमा नेवा: खल: सचिबालयले निर्णय लिई केहि हप्ताको अन्तरालमा सम्बधित विजेता समक्ष पुर्याईने छ ।

८) एक जना प्रतियोगिको एउटा मात्र फोटोलाई मान्यता दिइनेछ । एक चोटी यस पेज बाट प्रकाशित भए पछि त्यस फोटो हटाउन र फेर्न पाइने छैन ।

९) फोटो बनाउँदा कुनै पनि अस्लिल दृश्यका व्याकराउन र अस्लिलतालाई प्रतियोगीतामा सहभागी गराइने छैन । फोटो सफा, Natural (Edite नगरिएको ) हुनुपर्ने छ । कुनै धार्मिक, समुदाय माथी आघात पुग्ने र कसैलाइ असर नगर्ने खालको हुनुपर्ने छ। यस सम्बधी निर्णय गर्ने अधिकार संयोजक समिति वा राष्ट्रिय नेवा: खल: ईजरायललाई हुनेछ । 

१०) सहभागी प्रतिस्पर्धीहरुले माथि उल्लेखित सबै नियम पालना गर्नुपर्ने छ

राष्ट्रिय नेवा: खल: इजरायल को पेजलाई पनि लाइक गरिदिनु हुन हार्दिक अनुरोध 

https://www.facebook.com/newakhala.israel.2010

प्रतिक्रिया दिनुहोस्