शिक्षा/स्वास्थ्य

माघ १५ पछि विद्यालय खोल्ने सरकारको निर्णय

२०७८ माघ ४

काठमाडौं । खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ । कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो।