समाचार

बाणगंगा- ७ र निरागृहिणी समाजद्धारा सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम सुरु

२०७८ मंसिर २७

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.७ मा सेनेटरी प्याड सम्बन्धि तालिम सुरु भएको छ । ३ दिन सम्म चल्ने तालिम बाणगंगा नगरपालिका वडा नं.७ र निरागृहिणी समाजको आयोजानामा पहिलो पटक सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं.७ का वडाध्यक्ष विष्णु गिरीले यस्ता तालिमले महिलाहरुको जीवन निर्वाह गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।