अर्घाखाँचीको ढाकाबाङ्गमा वडा अध्यक्ष द्वारा जनताबाट निर्मित प्रतीक्षालय आफ्नो राजनीति बर्चस्वको लागि ध्वस्त

| २०७८ चैत १५ गते ०६: ०० मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। जब समाजमा नाङ्गो राजनीतिको हस्तक्षेप हुन्छ, तब सामाजिक सदभाब, सामाजिक उत्तरदायीत्व स्खलन हुँदै समाजमा अराजकता र राजनीति हाबी ले मात्र स्थान पाउछ।

यस्तै ढाकाबाङ्गको कुस्नीमारेमा स्थानीयहरु र त्यहाँ का युबा बालबालिकाहरु तिहारको देउँसी भैलो बाट दु:खले खाई,नखाई जम्मा गरेको भैली दान बाट समाजको बिकास  समाजिक सद्भाव र समाजमा जनचेतना अभिबृदी गर्ने उदेश्य अनुरुप निर्माण गरेको प्रतीक्षालय, जुन गाउँको एउटा नमुना र आउने भाबी पिडिहरुका लागि उदाहरण थियो। 

गाउँको लागि एतिहासिक, आपसी सद्भाव भाईचारा मिलमिलाप र एकता को प्रतीक बोकेको उक्त प्रतीक्षालय राजनितिक अतिक्रमण भनौं वा कुनै सामाजिक प्रतिशोध बाट प्रेरित भयर जसको नाम निसाना नहरने गरि र कतै समाज सग र उक्त निर्माण गरेका ब्यक्ति हरुलाई कुनै पुर्बजानकारी बिना सार्बजनिक स्थानमा अबस्थित उक्त प्रतीक्षालय नाम निसाना नरहने गरि हटाइएको प्रती आम स्थानीय हरु आक्रोशित सँगै उक्त कार्यको खुलेर नै घोर बिरोध गरेका छन। 

समाजमा राजनीति बिना पनि सामाजिक अस्तित्व हुन्छ भन्ने चिनारिको रहेको प्रतीक्षालय नाम निस्तेज गरि राजनीतिक प्रभाव बढाउन सहकार्य र आपसी छलफल बिना आफ्नो अस्तित्व बाहेक अरुलाई सिधै समाजबाट दुरुसाहित गर्ने उदेश्य अनुरुप एकतर्फी गरेको कार्य ले सामाजिक मिलमिलापमा खलल पुगेको स्थानीय हरु बताउछन्। उक्त प्रतीक्षालयको बदलामा अर्को प्रतीक्षालय निर्माण गरेको भयता पनि पर्याप्त जगा र स्थान हुदा हुदै, उक्त प्रतीक्षालय नाम निस्तेज पार्नु पर्ने के आबस्यकता थियो। समाजका सम्पुर्ण जातजाति र सिङ्गो समाजको अगुवाइमा र साना कलिला युवा हरुले देउसी भैलो बाट जम्मा गरेको पैसा बाट निर्मित उक्त प्रतीक्षालय आज ती बयस्क बनेका युबाहरुको लागि एउटा सामाजिक प्रेरणाको निसानिलाई यसरी भत्काउनु ती युबाहरुको सामाजिक अपमान इतिहास र समाज प्रतिको ठाडो बैमानी हो।

यदि अर्को प्रतीक्षालयको आवश्यकता भए पनि त्यो प्रतीक्षालय पनि कुनै न कुनै प्रयोजनको लागि प्रयोग हुँदै आयको थियो र त्यो क्षेत्रमा अन्य ठाउँ हुँदा हुँदै पनि यसरी मनोमानी हिसाबले र केहि ब्यक्ति हरुको आफ्ना ब्यक्तिगत स्वार्थ र राजनीति रोटी सेक्नको लागि गरेको यस्तो कार्य मात्र निन्दा र भत्सर्ना को लागी  उपयोगी छ। यदि यो प्रतीक्षालय लाई भत्काउनु पुर्ब त्याहाका जनता हरु सग सल्लाह र परामर्श लिनु पर्थ्यो, हैन भने सार्बजनिक स्थलका यस्ता सम्रचना यसरी भत्काउनु सामाजिक र फौजदारी अपराध हो। आफ्नो अस्तित्व राख्न अरुको अस्तित्व मेटाउनु दण्डहीन अपराध हो।

उक्त प्रतीक्षालय भतकाउनु भनेको समाजमा सामाजिक घृणा फैलाउनु जस्तै भएको छ, एउटा राजनीति दलले आफ्नो दम्भको भरमा अरुको सामाजिक योगदान र कार्यलाई उपेक्षा गर्नु सभ्य समाजको लक्षण कदापि हैन। त्यसैले आफ्नो स्वार्थ  को लागि सामाजिक भावना लाई बेवास्ता गर्नु किमार्थ उचित हैन। नयाँ बनाउने आवश्यकता होला तर पुरानो बिस्थापित गर्ने आबस्यकता कि नाई यसको पनि गहिरो समिक्षा गर्नु आवश्यकता हुन्छ।

अत यसरी बिना छलफल आपसी सहकार्य बिना यसरी भत्काइएको प्रतीक्षालयले उक्त प्रतीक्षालय निर्माणमा अथक मेहनत र परिश्रम गर्ने सबैको भावना लाई ठेस पुर्याउनु संगै उनिहरुको सामाजिक कदरलाई ठाडो उपहास गर्नु हो। त्यसैले समाजमा सबैको सहभागिता र सम्मान को लागि यस्ता संकिण कार्यको निन्दा गर्दै उक्त प्रतीक्षालयको पुनर्स्थापना को लागि पहल गर्न सबैलाई ढाकाबाङ्गवासीले अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस्