अर्घाखाँची देखि काठमाण्डौका लागि छुटेको रात्री बसमा दुई अन्जान बालिकाहरु तस्कर गर्ने प्रयास असफल

| २०७९ भदौ १६ गते ००: १७ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची। अर्घाखाँची देखि काठमाण्डौका लागि छुटेको रात्री बसमा शितगंगाको भेडामारे बाट तल तस्विरमा देख्नुहुने दुई अबोध दुई बालिका हरु अपरिचित महिला संग बसमा रहेको जानकारी आएको छ। 

ति दुई अन्जान बालिकाहरुलाई सोधपुछ गर्दा घरमा आफ्नो आमालाई थाहा न दिई हिडेको र आफ्नो बाबा विदेशमा रहेको बताएका छन्। तर जुन महिलाले दुई अबोध बालिकालाई बसमा राखेर बुटवल ,काठमाण्डौ या अन्य कुनै ठाउँ लान खोजेकी थीईन त्यो असफल भएको छ ,ति बालिका हरु बसमै रुँदै सवार गरेको जुद्व मल्लले अर्घाखाँचीबुलेटिन लाई जानकारी दिनु भएको छ। 

अबोध ,अन्जान बालिकाहरुलाई लुकिछिपी जिल्ला बाहिर लाँदै छ है भन्ने संखा को आधारमा ति महिलालाई सोधपुछ गर्दा ,बसमा सवार ठुली नानि बिमारी परेको र   उपचार गर्नका लागि बालिकाका आमालाई समेत थाहा न दिई आफ्नो ब्याए फ्रेन्ड (केटा साथि) भएको ठाउँमा लगेर बालिकाको उपचार गर्ने ति महिलाले बताएकी छिन ,बालबालिका लैजाने महिलालाई सोधपुछ गर्दा हतासिएको ,कसो गरौँ ,के गरौँ भन्ने जस्तो गरेको बसमा सवार जुद्व मल्ल बताउँनु हुन्छ। ति दुई अन्जान बालिकालाई गोप्य रुपमा जिल्ला बाहिर लैजाने महिलालाई पक्राउ गरि गम्भीर छानबिन गरियोस ,ताकि भोलि यस्तै अन्य ना - बालबालिका यसै गरि मानव तस्करहरुको हातमा नपरुन। 

यस गम्भीर घटनालाई जस्ताको तस्तै बाहिर ल्याउनुहुने जुद्व मल्ललाई अर्घाखाँची बुलेटिन परिवार हृदय देखि धन्यबाद दिन चाहान्छौं ,साथै दुई अबोध अन्जान बालिकाहरु बुटवल प्रहरीलाई बुझाईएको मल्ल ले बताए। र बालिकाहरुलाई बसमा लैजादै गरेकी महिला पनि प्रहरी हिरासतमा रहेकी छिन। 

प्रतिक्रिया दिनुहोस्