नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः भुसाल, सचिव रायमाझी

| २०८१ जेठ २८ गते १५: १० मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः पिताम्बर भुसाल र सचिवमा तोज बहादुर रायमाझी विधान सर्वसम्मत् चयन भएका छन् । 

सनिवार एमालेको नवौं जिल्ला अधिवेशनबाट भुसाल र रायमाझी सर्वसम्मत् रुपमा चयन भएका हुन् । 

नवौँ अधिवेशनमा ६ पालिकाबाट ५ सय ६२ जना मध्ये ५३२ प्रतिनिधि मतदानमा सहभागी भएका थिए । यसैगरी उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको छ ।  उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसाल र महिला उपसचिवमा शिवकला बिक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको हो ।

प्रतिक्रिया दिनुहोस्