धुर्कोटको नयाँगाउँ ओखलढुंगा मा एक विवाहित महिला झुण्डिएको अवस्थामा मृ'त फेला

| २०७९ सावन ३ गते १२: ४९ मा प्रकाशित

लिलामणि पोख्रेल ,अर्घाखाँची। गुल्मि जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँ ओखलढुंगा मा एक विवाहित महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन। 

अर्घाखाँचीको मालारानी गाउँ पालिका र गुल्मिको धुर्कोट गाउँपालिकाको ठ्याक्कै सिमानामा पर्ने नयाँगाउँ ओखलढुंगा निवासी कुसुम खनाल कि अन्दाजी २१ /२२ बर्षिया लक्ष्मी खनाल आज बिहान करिब ७ बजेतिर आफ्नै घर पछाडी १ सय मिटरको दुरीमा रहेको ओखलढुंगा भिरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। 

लक्ष्मी खनालले के कारणले झुन्डिएर आत्महत्या गरिन भन्ने बिषयमा अझै पुष्टि हुन् नसकेको प्रहरी श्रोत ले जनाएको छ। मृतक खनालको शवलाई पोष्टमार्टम का लागि तम्घास पठाईएको छ। 

 

प्रतिक्रिया दिनुहोस्