कोहिली बनगाईमा अर्घाखाँचीका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा धारापानीका कृष्ण खत्रीको मृ'त्यु : एक गम्भीर घाइते

| २०७९ असार २० गते १७: २२ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर - ४  धारापानि साना औवलका ४५ बर्षिय कृष्ण बहादुर खत्रीको सडक दुर्घटनामा मृ'त्यु भएको छ। 

आज बिहान करिब ११:३० बजेको समयमा पुर्वपश्चिम राजमार्ग कपिलबस्तुको कोहिली बनगाई नजिकै पुर्व (बुटवल)बाट पश्चिम तर्फ आईरहेको मोटरसाइकल र पश्चिम(अर्घाखाँची ) बाट पुर्व तर्फ गईरहेको लु.६ प्.९८९० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा धारापानी सानाऔवल का कृष्ण बहादुर खत्रीको बुटवल अस्पतालमा उपचारको क्रममा मृ'त्यु भएको पिपरा प्रहरी कार्यालयले अर्घाखाँचीबुलेटिनलाई जानकारी दिएको छ ,

मृतक कृष्ण बहादुर खत्री लामो समयदेखि धारापानी स्वास्थ्य चौंकीमा कार्यरत रहेको बुझिएको छ। दुर्घटनामा मृत्यु हुने खत्रीका घरमा एक छोरा ,छोरी र श्रीमती रहेको बुझिएको छ। 

भुमिकास्थान नगरपालिका ४ धारापानी साना औवलका कृष्ण बहादुर खत्रीलाई ठक्कर दिने मोटरसाइकल अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेका इश्वरी थापा रहेको पिपरा प्रहरी चौंकीले बुलेटिन लाई जानकारी दिएको छ। मोटरसाइकल चालक इश्वरी थापा का दुई वटा हात भाच्चीएको खबर आएको छ भने  उनको मोटरसाइकल मा सवार आफ्नी ११ बर्षिया भान्जी र बहिनि सामान्य घाइते भएको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्