विदेश जान भनि दाउन्ने सम्म पुगेका अर्घाखाँची का एक युवा फिल्मी शैलीमा बेपत्ता

| २०७९ सावन २४ गते १८: ५३ मा प्रकाशित

खुम रायमाझी ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -६ खिल्जी निवासी २२ बर्षिय लोक बहादुर घर्ति क्षेत्री साउँन २३ गते सोमबार देखि एका - एक बेपत्ता भएका छन।

बैदेशिक रोजगारको लागि विदेश जान सन्धिखर्क देखि काठमाडौंका लागि छुटेको हाइसमा सवार भई दाउन्ने पुगेर पिसाब गर्न जान्छु भन्दै गाडिबाट ओर्लिएका लोकबहादुर घर्ती एक्कासी फिल्मी शैलीमा बेपत्ता भएका हुन्।  

दाउन्ने बाट बेपत्ता हुने घर्ति हालसम्म पनि घरपरिवारको सम्पर्कमा नआएको जानकारी प्राप्त भएको छ। तसर्थ लोक बहादुर घर्ति लाई कहिं,कतै देख्नुहुने महानुभावहरुले नजिकैको प्रहरीचौकी वा ९८६७४४२६४०,९८५७०६६९८३ र ९८४७३२७०२४ मा सम्पर्क गरि सहयोग गरिदिनुहुन अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं।

प्रतिक्रिया दिनुहोस्