भुनापाको शारदा मा.वि ले मनायो बिभिन्न कार्यक्रम गरी ५८ औँ राष्ट्रिय बालदिवस

| २०७९ भदौ ३० गते १५: ३० मा प्रकाशित

पारस भट्टराई,अर्घाखाँची।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरामा रहेको श्रि शारदा माध्यमिक विधालयले “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार,उत्तरदायी  सरकार भन्ने’ ५८औ राष्ट्रिय बालदिवसको नारालाई प्राथमिकता दिदै कविता र नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। 

लोकनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रमको सभाध्यक्षको रुपमा विधालयका सह प्रधानाध्यापक नवराज अधिकारी थिए। उक्त कार्यक्रममा सम्पन्न भएको कविता प्रतियोगिता मा मिजास भट्टराई प्रथम,निशा खनाल दोस्रो र तारा नेपालीले तेस्रो स्थान हासिल गरेका थिए भने नृत्य तर्फ सरीस्ना मल्लले प्रथम स्थान हासिल गरेकि छिन।

विधालय आसपासको क्षेत्रमा ५८औ राष्ट्रिय बालदिवसको नारा लगाएर कार्यक्रम सम्पन्न भएको संवाददाता अर्जुन पोख्रेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्