भुमिकास्थान चुनढुङ्गा जनता समाज र पर्यावरण को लागि प्रतिकुल केबल द'ला'ल र मा'फि'या को लागि अनुकूलता

| २०७९ पौष १२ गते १३: ४७ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची भुमिका स्थान नगरपालिकामा केही समय अगाडि देखि केही चुनढुङ्गा माफिया हरु निरन्तर गिद्दे नजर बनायर यस क्षेत्रमा आँखा गाडिरहेका थिय। हामिलाई प्राप्त जानकारी अनुसार नरपानीमा रहेको कुनै एक रिषोर्ट मा डेरा गरि विभिन्न ब्यक्ति हरु सग भेट घाट लगायत कसलाई कसरी हुन्छ प्रभोलनमा पारी उत्खनन गर्न केही स्थानीय लगायत केही जिल्लाका गिरोह हरु निकै कृयासिल थिए। समाज बिग्रानका लागि सबै भन्दा सजिलो भनेको राजनीति सेटिङ्ग मिलाय पछि हुने हुदा कुनै न कुनै स्वार्थमा राजनीति लाई सामिल गराई उपयुक्त समीकरण बनाई जनता लाई छ्लकपट गर्ने यो अर्घाखाँची को राजनीतिक परम्परा नै हो।

भुमिकास्थान नगरपालिका को परिवेश मा पनि त्यसरी नै हत्ताउने तयारी स्वरुप राजनीति समीकरण को दाउ खेल्दै नगरपालिका लाई समेत चक्मा दिदै स्थानीय भेला गरेर जनता लाई र नगरपालिका लाई दबाब दिने रणनीति भयो। यहाँ सम्म कि हिज नगरपालिका को निर्णयमा सहभागी भयका वडा अध्यक्ष हरुले पनि अपरिपक्व बालपन देखाय र रातारात पल्टिय र यु टर्न भय र केही वडा अध्यक्ष हरु खुलेर वकालत गर्न लागे भने केही दोहोरो चरीत्र को पर्दशन गरे। बिरोध जस्तो पनि समर्थन जस्तो पनि,  यस सन्दर्भमा अन्य कुरामा निकै अग्रसर बन्ने जिल्लाको राजनीति पनि मौन बन्यो जहाँ मुख्य दल एमालेका केही र काङ्ग्रेस का केही खुलेरै उत्खनन पक्षमा लागेका ले आफ्नो राजनीति नबिग्राने मा लागे बिजया सिमेन्ट का संचालक काङ्ग्रेस निकट हुन भने केही स्थानीय र जिल्ला का एमाले का नेतालाई हातमा लियको ले र केही स्वार्थमा एमाले पनि मौन बस्यो, अन्य कुरामा पहिला नै बोल्ने जनमोर्चा यस समयमा भने पर्ख र हेर को स्थितिमा रह्यो। जिल्ला पत्रकार हरु पनि यस बिषयमा सुचना नभयर हो वा बोल्न नचाहेर हो यसको समाचार सम्प्रेषण बुटवल टुडे ले गर्‍यो। निजि सम्पती मा उत्खनन शिर्षक मा, यति ठूलो समाज र जिल्ला लाई प्रभाव पार्ने बिषय कसरी निजि हुन सक्छ र?

भित्र भित्रै कुरा मिलाय पनि अहिले सन्चार को जगत भयको हुदा यस बिषयको बहस सामाजिक संजालमा पनि निकै भएको छ। 
स्थानीय जनता धेरै यस खानिको विपक्ष मा छन केहिलाई केही क्षणिक प्रभोलन देखायर प्रभावित पारियको छ। लगभग ४२०० धुरिले उपयोग गर्ने पिउने पानीको स्रोत यहि क्षेत्र बाट मिल्छ, लगायत अन्य पर्यावरण, सामाजिक, सास्कृतिक लगायत कृषिमा पर्ने नकारात्मक समस्या त छदै छ। यस क्षेत्रको भौगोलिक सुन्दरता पनि कुरुप हुने प्रति सबैको चिन्ता छ। 

यसरी होचुवा को भरमा गरिने यस्ता असामाजिक क्रियाकलाप ले सामाजिक सौहाद्र्ता समेत बिग्रन्छ जसको असर समाजलाई दशकौं सम्म पर्छ।अर्घाखाँची जिल्लाले कहिले शिक्षा लिने नरपानीमा त्यसरी अर्घाखाँची सम्पन्न हुने अनि सबैलाई रोजगारी सम्रुदी हुने अनेक प्रभोलन र फ्रोसा तर्कहरु नभयका हैनन। ठुला ठुला आश्वासन नदेखायका हैनन तर त्यसको बदलामा जिल्लालाई रित्तो त्या को अवस्था मरुभूमि भयको छ। फेरि खाचिमा पनि सुरु गरे पनि समीकरण बिग्रेर आपसी लडाई छ समाजलाई उहीँ ठूलो घाटा भयको हाम्रा अगाडि जलन्त उदाहरण हुदा हुदै जानी जानी भुकुरोमा हात हाल्नु हुदैन र? एक दुई जनाका निजि स्वार्थ हरु पूरा होलान तर समग्र समाजको भने हरि बिजोग हुन्छ। दलाल र पुजीवादी को चुग्लिमा फसेको समाज औजरी लागेको रुख बराबर हो सधै जेलि रहन्छ।

अत यस्ता दलाल लाई काधमा बोकेर समाजलाई दुषित हुन र बर्बादिबाट बचाउन यो जनता र समाजको द्रुष्टिकोणले पनि आर्थिक शैक्षिक लगायत कुनै पनि पक्ष बाट जनताको अनुकूल छैन त्यसैले सबैले आफ्ना आफ्ना स्वार्थ छोडेर सामाजिक हितमा लाग्नु नै उचित हुन्छ।

प्रतिक्रिया दिनुहोस्