अर्घाखाँचीबुलेटिन भलिवल क्लब तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

| २०७९ फागुन २१ गते १६: ३२ मा प्रकाशित

पिताम्बर थापा ,ढाकाबांग।अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको तेश्रो दिन मा अर्घाखाँचीबुलेटिन भलिवल क्लबले आफ्नो दोश्रो खेल मा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

सितापुर भालिवल क्लव र अर्घाखाँची बुलेटिन बीच भएको तेश्रो दिनको पहिलो खेलमा अर्घाखाँची बुलेटिन भलिवल क्लबले सितापुर भलिवल क्लवलाई २- ० को सिधा सेटमा पराजित गर्दै सेमिफाइनल मा प्रवेश गरेको हो। 

पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को आयोजनामा शुरु भएको तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गरेका थिए। 


तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगितामा ७ टिम सहभागी रहेको आयोजक समुहले जनाएको छ।सेमिफाइनल र फाइनल खेल भोलि हुने बुझिएको छ। 

अर्घाखाँची बुलेटिनको तर्फ बाट राष्ट्रिय खेलाडी सुरेन्द्र गुराउ ,कमल गहतराज ,चिरन खड्का ,र अन्य खेलाडी  बिकास गिरि ,बिनोद बिसी ,आसिश ,सरद रहका छन्। जसमा टिम कोच मनोज सापकोटा ,सन्तोष शर्मा ,झनक केसी र प्रत्यक्ष लाइभमा पिताम्बर थापा को भूमिका रहेको छ। 

प्रतिक्रिया दिनुहोस्