शिक्षकहरुद्वारा भुमिकास्थान नगरपालीकालाई मागपत्र (पत्र सहित)

| २०७९ चैत २३ गते ०७: २५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। नेपाल राष्ट्रिय शिक्षक संगठनका डिलाराम पन्थी, अखिल नेपाल शिक्षक संगठनका खुमबहादुर बस्नेत , एकीकृत अखिल नेपाल शिक्षक संगठनका चेतबहादुर थापा  नेपाल शिक्षक संघका मदन खनाल लगायत ६ पेसागत संगठनका नेतृत्वमा भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्फत नगर प्रमुख झविलाल थापालाई मागपत्र बुझाइएको छ । 

मागपत्रमा समसामयिक शैक्षिक मुद्दा, शिक्षक-कर्मचारीका हकअधिकार , नगरले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर शैक्षिक गुणस्तरको स्तरोन्नति गर्नुपर्ने लगायतका विषयहरु उल्लेख गरिएको नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष डिलाराम पन्थीले जानकारी दिनुभयो ।

मागपत्रमा समसामयिक शैक्षिक मुद्दा

मागपत्र बुझ्दै गर्दा नगर प्रमुख झविलालले प्राथमिकताका अाधारमा मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत नारायण पोखरेल र नगर शिक्षा समन्वय इकाई प्रमुख टुवलाल सापकोटाले अाफ्ना संक्षिप्त भनाइ राख्नुभएको थियो

मागपत्र
भुमिकास्थान नगरपालीकालाई मागपत्र 

 

प्रतिक्रिया दिनुहोस्