अर्घाखाँचीका एक युवा पोर्चुगलको सान्ता क्रुज समुन्द्र मा ५ दिन देखि बेपत्ता: खोजिकार्य जारि

| २०८० बैशाख १७ गते १४: २३ मा प्रकाशित

गुरुदेव खनाल ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ६ का एक युवक पोर्चुगलको सान्ता क्रुज समुन्द्र मा बेपत्ता भएका छन्। 

३ बर्ष अघि रोजगारीको शिलशिलामा पोर्चुगल पुगेका उनि ५ दिन अघि टोरेस भेडरास नजिकै रहेको सान्ता क्रुज समुन्द्रमा पौडीखेल्न पुगेको र पौडिने क्रममा समुन्द्री छालले निजलाई एक्कासि बेपत्ता पारेको Nepalese community in portugal ले जनाएको छ। 

बेपत्ता हुने युवकलाई पाेर्तुगिस प्रहरीले माेटर बाेट र ड्रोंन क्यामरा सहितकाे सहायताले तिब्र रुपमा खोजिकार्य गरिरहेको खबर प्राप्त भएको छ। यद्वपि उनि अझै सम्म फेला नपरेको Nepalese community in portugal ले बताएको छ। 

प्रतिक्रिया दिनुहोस्