शाेकमग्न ढाकावाङ्ग: आगोलागीमा परि मृ'त्यु हुने ४ जनाको एकै घाटमा सामुहिक अन्त्यष्टि गरियो

| २०८० बैशाख २८ गते १४: ११ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची । अर्घाखाँचीमा आगोलागीमा परि मृत्यु हुने ४ जनाको एकै घाटमा सामुहिक आज अन्त्यष्टि गरिएको छ। 

भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी मृतक ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर भुसाल,५२ बर्षिय घनश्याम बेल्बासे,३६ बर्षिय माधब बेल्बासेको आज बागमारे घाटमा सामुहिक रुपमा अन्तिम दांहसंस्कार गरिएको हो। 

आगोलागीमा परि मृत्यु हुने ४ जनाको एकै घाटमा सामुहिक आज अन्त्यष्टि गरिएको छ

पदम बेल्बासे ,पिताम्बर भुसालको पाल्पाबाट रिफर गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो भने घनश्याम बेल्बासे र माधब बेल्बासेको कृर्तिपुर अस्पताल काठमाडौमा उपचारको क्रममा मृत्यु भएको थियो।  

घाईते २५ बर्षिय संगिता बेल्बासेको पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको अवस्था छ।

प्रतिक्रिया दिनुहोस्