जन्म दिनको अबसरमा भुनापा १ का वडा अध्यक्ष खनालद्वारा स्वास्थ र शिक्षामा सहयोग गर्ने प्रतिबद्वता

| २०८० जेठ १६ गते २२: ०० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। भुमिकास्थान १ न. वडा अध्यक्ष गोपाल खनालले आजको मितिबाट लागु हुनेगरी स्वास्थ्य चौकिमा पुगी सुत्करी हुने सुत्केरी आमाहरुलाई  आफ्नो कार्यकाल रहदासम्म आफुलाई  आउने  सेवा- सुबिधाबाट प्रत्येक सुत्केरी आमाहरुलाई १ क्यारेट  अन्डा दिने कोष जम्मा गराइदिने घोषणा गरेका छन । धबखोला र कुस्निमारे स्कुलमा बालबिकासका  बालबालिकाहरु लाइ खेलौना सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

जन्मदिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्लो युवा पिडीहरुमा व्यापक पाईन्छ ।तर भुमिकास्थान नगरपालिका का वडा नम्बर १ का वडा अध्यक्ष भने फरक तरिकाले आफ्नो जन्म दिन मनाउनु भएको छ ।

फजुल खर्च भन्दा मानव सेवामा सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ आफुले स्वास्थ र शिक्षामा सहयोग पुर्‍याउदै जन्मदिन मनाउनु भएको छ ।

 वडा अध्यक्ष गोपाल खनाल

उहाँ एक समाज सेवामा अब्बल,गत साल पनि जन्मदिनको दिन २८ वटा २८ स्थान को लागि ग्रीलका बेन्च दिए जस्तै अहिले पनि भुनपा १ का वडा अध्यक्ष गोपाल खनाल ज्यु ले आफ्नो जन्म दिनको अबसरमा  नमुना  काम गर्दै आउनु भयको छ । उहाँले मानव सेवा नै धर्म हो भने युवाहरुले उहाँ बाट पाठ सिक्न आवश्यक छ ।

खनालले केही वर्ष यता सामाजिक सेवामा अग्रसर रहदै आउनु भएको छ भने २०७९ सालको स्थानीय चुनावमा उहाँले भुमिकास्थान १ नम्बर वडाबाट  नेपाली काङ्ग्रेसबाट टिकट पाई वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो l

प्रतिक्रिया दिनुहोस्