भुमिकास्थानमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थल मै मृ'त्यु :२ जना घाईते

| २०८० जेठ ३० गते १९: ४३ मा प्रकाशित

शिव बन्जाडे ,भुमिकास्थान।जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ६ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको खबर प्राप्त भएको छ। 

भुमिकास्थान ६ को खिल्जी किर्लुक घुम्ती र हुलाका को बिचमा पिच हुँदै गरेको बाटोमा काम गर्दै गरेको ट्याक्टर एक्कासी दुर्घटना हुँदा १ जनाको घटनास्थल मै ज्यान गएको हो। 

दुर्घटनामा २ जना घाईते भएको खबर आएको छ  ,घाइतहरुलाई थप उपचार को लागि सदरमुकाम ल्याइदै गरिएको बुझिएको छ।

घटनाको थप विवरण आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्