अर्घाखाँचीमा बाँदर धपाउन हिडेका पदम केसी उर्फ (प्रकाश खत्री )को आफैले बोकेको बन्दुक पड्किदा मृ'त्यु

| २०८० सावन २७ गते १६: ४१ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।बाँदर धपाउन हिडेका अर्घाखाँचीका पदम केसी उर्फ (प्रकाश खत्री )को बन्दुक पड्किदा निधन भएको छ। 

भुमिकस्थान नगरपालिका वडा नम्बर ७ पानडाँडाका ४५ वर्षीय पदम केसी उर्फ (प्रकाश खत्री )आज बिहान करिब १० :३० बजेको समयमा बारीमा बाँदर धपाउन जाने  क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्किंदा घटना स्थलमै मृ'त्यु भएको प्रहरी श्रोतले जनाएको छ। 

बर्षातको समय भएको हुनाले निज पदम केसी उर्फ (प्रकाश खत्री ) एक्कासि बारीमा चिफ्लीन पुग्दा आफुले बोकेको भरुवा बन्दुक एक्कासि पड्किएको हुन् सक्ने प्रहरी अनुसन्धान मा देखिएको छ। 

मृतक पदम केसीको कोखामा लागेको गोलि  छातीबाट बाहिर निस्किएको प्रहरी स्रोत ले जनाएको छ ।

नेपाल प्रहरी द्वारा घटनाको थप अनुसन्धान भईरहेको जानकारी प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्