भारतको हरियाणामा भएको सडक दुर्घटनामा परि अर्घाखाँचीका दलबहादुर सहित ४ जनाको मृ'त्यु

| २०८० माघ १५ गते १८: २३ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। भारतको हरियाणा राज्यको सोनीपत जिल्लामा ठूलो दुर्घटना भएको छ । मामा–भाञ्जा चोकमा २८ जनवरीको राति तीव्र गतिको स्पोर्ट्स गाडीले साइकल र स्कुटीमा गएका पाँच नेपाली युवालाई ठक्कर दिंदा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पातुङागाका दलबहादुर रायमाझीको मृ'त्यु भएको छ। 

उक्त दुर्घटनामा परी दलबहादुर सहित चार नेपाली युवाको मृ'त्यु भईसकेको खबर प्राप्त भएको छ।मृत्यु हुने मा अमर ,दलबहादुर रायमाझी, अर्जुन र कमल रहेका छन्

मृत्यु हुने सबै जना साइकल र स्कुटीचढेर २८ जनवरीको राति करिव १२ बजेतिर एक कार्यक्रम सकेर आफ्नो रुम तर्फ फर्किदै गरेको भारतीय संचार माध्यमले जनाएको छ। 

मृतक रायमाझीको भारतको हरियाणा को एक घाटमा अन्तिम दांहसंस्कार गरिएको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्