बाबुराम पौडेलद्वारा खिल्जी स्वास्थ्य चौकीमा स्वाथ्य सामग्री तथा मेडिसिन सामग्री वितरण

| २०८० माघ २२ गते १९: १० मा प्रकाशित

विकास सुनार, भूमिकास्थान। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ०६ खिल्जी नेटा घर भई हाल पोखरा स्थित म्याच हिम  पोखरा तथा सत्यबालगृहका  सचिव बाबुराम पौडेलद्वारा  खिल्जी स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री तथा मेडिसिन सामग्री वितरण   गर्नुभएको छ । 

आस्था किड्नी अस्पताल,रानी पौवा,पोखरा को समन्वय,श्री हिमालयको अनुग्रह र सत्य बालगृह (म्याच-हिम),पोखराको सौजन्यमा स्थानीय बासी संस्थाका सचिव श्री बाबुराम पौडेलको समन्वय र सहयोगमा भूमिकास्थन नगरपालिका स्थित खिल्जी  स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री (Baby warmer machine,ENT set,Medicine ) सहयोग उपलब्ध गराउनु भएकोमा छ ।

 खिल्जी स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री तथा मेडिसिन सामग्री वितरण  

कार्यक्रमा सहभागी भूमिकास्थान नगरपालिका स्वाथ्य इन्जार्च डेभ बहादुर थापा मगर भूमिकास्थान नगरपालिका खिल्जी स्वाथ्य चौकीमा कार्यरत कर्मचारी डेगेन्द्र बिष्ट, भूमिकास्थान नगरपालिका वडा नं ०६ का वडा अध्यक्ष  , वडा सदस्य ,  अस्पतालमा कार्यरत कर्मचारी ,जनप्रतिनिधि , वृदीजीवी कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्