भैलोबाट उठेको रकमले विद्यार्थीलाई टाइ वितरण

| २०८० माघ २६ गते २१: ०६ मा प्रकाशित

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ मा रहेको ठुलाखर्क युवा क्लबले विद्यार्थीलाई टाइ वितरण गरेको छ।

ठुलाखर्क युवा क्लबले तिहारकाे समयमा भैलाेमा उठेको रकमबाट केही रकम छुट्टाएर शुक्रबार भूमिकास्थान-३ मा रहेको शंकर जनसेवा आधारभूत विद्यालयका विद्यार्थीलाई टाइ वितरण गरेको हो।

टाइ वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, स्थानीय अगुवा र विद्यार्थीहरुकाे उपस्थिति रहेको थियो।

क्लबले केही दिनमै भूमिकास्थान-३ मै रहेको सिद्धार्थ आधारभूत विद्यालयमा समेत टाइ वितरण गर्ने क्लवका प्रतिनिधि बिज्ञानजी भाटले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्