बन मा लागेको डढेलो बस्तिमा पस्दा एक घर खोर टस फर्म जलेर पूर्ण रुपमा नष्ट

| २०८० चैत २५ गते १८: ४५ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। भुमिकास्थान नगरपालिकामा बन मा लागेको डढेलो बस्तिमा पस्दा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। 

भुमिकास्थान ९ को डेभा खलक निवासी धर्मबहादुर थापा र कमला थापाको घरमा आज दिउँसो सामुदायिक बनमा लागेको आगो एक्कासि पस्दा एक घर र  बाख्राको खोर र टस फर्म जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय युवा नारायण प्रसाद गैरेले अर्घाखाँची बुलेटिन लाई जानकारी दिएका छन्। 

आगलागी

टस फर्म मा रहेका कुखुरा र ४ वटा खरायोको जलेर मृ'त्यु भएको गैरे ले बताए। आगलागीमा मानवीय क्षति भएको छैन,तर भौतिक क्षतिको विवरण आउँन बाँकी रहेको छ। 

पछिल्लो समयमा अर्घाखाँची जिल्ला का बिभिन्न सामुदायिक बन र घर गोठ मा आगलागी हुँदै आईरहेको छ। 

प्रतिक्रिया दिनुहोस्