अर्घाखाँची को फलामखिल्जीमा आगलागी हुँदा २० वटा घरगोठ जले

| २०८१ बैशाख ८ गते २२: ५६ मा प्रकाशित

पूजा केसि,अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।

भूमिकास्थान नगरपालिकाको वडा ३ र ४ मा अत्याधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा फैलिँदा २० ओटा घरगोठ जलेको स्थानीय हरिप्रसाद भुसालले जानकारी दिएका छन!

आगलागी अहिले पनि जारी रहेकाले निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्