भुमिकास्थानमा भैंसी बोकेको पिकअप जिप दुर्घटना २ जना घाइते , एउटा भैंसी र एउटा पाडो मर्‍यो

| २०८१ जेठ ६ गते १६: ३४ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ को डेभामा भैंसी बोकेको पिकअप जिप दुर्घटना हुदा २ जना घाइते भएका छन भने एउटा भैंसी र पाडो मरेको छ। 

भुमिकास्थान नगरपालिका ९ को डेभा  स्थिति भित्री सडक खन्डमा डेभा बाट खिल्जीतर्फ जाँदै गरेको लु २ च ८३१३ नम्बरको पिकअप जिप आज दिउँसो साढे २ बजेतिर दुर्घटना भएको हो । 

गाडी सडकबाट अन्जादी ६० मिटर तल खसेको छ । गाडिमा राखिएका २ वटा भैंसी सकुसल रहेको र गाडी चालक भुमिकास्थान ९ का २२ बर्षिय सरोज पौडेल सामान्य घाइते भएको र अर्का गाडिमा सवार भुमिकास्थान ६ बस्ने असोक बस्नेतको खुट्टामा चोट लागेको र थप उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचार पछि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्