भुमिकास्थान १ का वडा अध्यक्ष खनालले जन्मदिनको अवसर पारी अग्निपिडित लाई राहत र सुत्केरी महिला लाई गरे अण्डा बितरण

| २०८१ जेठ १६ गते १४: १४ मा प्रकाशित

माधव खनाल 
 १६ जेष्ठ अर्घाखाँची। अर्घाखाँची जिल्लाको पश्चिमी क्षेत्र भुमिकास्थान नगरपालिका वार्ड न १ का वार्ड अध्यक्ष गोपालप्रसाद खनालले आज आफ्नो जन्मदिनको अवसर पारी गत बैशाख महिनामा आगलागी भएर घरबार बिहिन हुनुभएका भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग साम्नेगाउँ सिउडेनी निवासी अग्नि पिडित टेकबहादुर थापाइ नगत सहित दुइवटा बाख्रा खाध्यान्न र ग्यासचुलो बलाङ्केट कम्बल लगायत सामाग्री  बुधबार बिहानै अग्नि पिडित थापाको गाउँमै पुगी उक्त सामाग्री बितरण गर्नुभएको  थियो ।

नेपाली काङ्ग्रेसका अर्घाखाँची जिल्लाका प्रभावसाली युवा नेताको रूपमा पनि परिचीत छन ।खनालले आजै ढाकावाङ्ग स्वास्थ्यचौकीमा एक कार्यक्रमका बिच सुत्केरी महिला हरुको लागि  अन्डा समेत बितरण गर्नुभएको छ ।

खनालले आफुले आफ्नो जन्मदिनलाई फजुल खर्च गर्नुको साटो केही फरक तर नमुना सामाजिक रूपमा अनि दुखी गरिबको लागि हित हुने काम गरि जन्मदिनको मनाउन पाउनु नै आफुलाइ खुसिको अनुभुती भएको बताउनुभयो।

   साथै अध्यक्ष खनालले बिगतमा पनि आफुले आफ्नो जन्मदिनको अवसर पारी भुमिकास्थान नगरपालिका वार्ड न १ का विभिन्न धार्मिक स्थल मठमन्दिर निर्माणको लागि सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्