अर्घाखाँचीमा श्रावण १६ गते मध्यराति १२ बजे देखि श्रावण ३० गतेसम्म कडा लकडाउन हुने : बिनाकाम घरबाहिर निस्कनेलाइ कडा कारबाही हुने

| २०७८ सावन १४ गते १५: ५१ मा प्रकाशित

कमला थापा ,अर्घाखाँची। अर्घाखाँचीमा श्रावण १६ गते राति १२ बजे देखि कडा लकडाउन हुने भएको छ । 

अत्यावश्यक पशल विहान ६ देखि ९ बजेसम्म खुल्ने भएका छन् । यातायात , बैंक तथा वित्तीय सस्था, पुर्ण रूपमा बन्द हुने भएका छन् । अर्घाखाँची पनि स्वास्थ्य मन्त्रालयको कोरोनाको उच्च जोखिमको लिष्ट मा रहेको छ। 

पछिल्लो अर्घाखाँचीको कोरोना विवरण हेर्दा दैनिकी ६०/७०  जना भन्दा धेरैमा कोरोना पुष्टि भएको देखिन्छ। जिल्ला प्रशाशन कार्यालय अर्घाखांचीले यस अघि निषेधाज्ञा लगाएता पनि निषेधाज्ञाको ग्रामिण क्षेत्र देखी शहरि भेगमा कुनै प्रभाव देखिएको थिएन।तर आज जिल्ला प्रशाशन कार्यालय ले निकालेको सुचना अनुसार साउन १६ गते देखि पूर्ण रुपमा कडाईका साथ् लकडाउन गरिने बताईएको छ। 

प्रतिक्रिया दिनुहोस्