पत्रकारलाई पूर्वराज्यमन्त्री सिर्पालीको आग्रहः भ्युजलाई हैन न्युजलाई प्राथमिकतामा राखेर बिषयको उठान गर्नुस

| २०८१ बैशाख ६ गते २२: ०२ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
बैशाख–०६,अर्घाखाँची प्रतिनिधिसभा सदस्य शुसिला सिर्पालीले भ्युजलाई नभएर न्युजलाई प्राथमिकतामा राखेर बिषयवस्तुको उठान गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएकोछ ।

 पूर्व पर्यटन राज्यमन्त्री समेत रहनुभएकी संघिय सांसद सिर्पालीले भ्युज बढाउने होडमा केही समाजिक संजालकर्मिले सकरात्मक भन्दा नकरात्मक बिषयलाई बढि उठान गर्ने जसले समाजलाई विकृत बनाउन टेवा दिएको बताउँदै सत्य न्युजलाई सहि सुचनाको आधार बनाउन आम नागरिकलाई समेत अपिल गर्नुभएको छ।

बिहिबार सन्धिखर्कमा सम्पन्न नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १६ औं साधारणसभा तथा ८ औं अधिवेशनको उद्घाटन गर्दै पूर्व राज्यमन्त्री सिर्पालीले यस्तो अपिल गर्नुभएको हो ।राज्यको चौथो अंगको रुपमा स्थापित पत्रकारको गरिमा उच्च रहेको बिफ्रिङ्ग गर्दै पूर्व राज्यमन्त्री सिर्पालीले मुलुकलाई समृद्ध बनाउन मिडियाको खाँचो सधै अनिवार्य हुने तर्क गर्नुभएको छ ।

अर्घाखाँचीमा पत्रकार महासंघले संचालन गरेको पर्यटन प्रर्बद्धन अभियान निकै प्रशंसनिय भएको भन्दै उहाँले महासंघ अर्घाखाँची शाखालाई धन्यावाद समेत दिनुभएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली र लुम्विनी प्रदेश अध्यक्ष बसन्त गिरीले पत्रकार र संचारजगत पनि मुलुकको दिगो विकासको एउटारथ भएकोले यस क्षेत्रलाई पनि राज्यले उचित लगानी र संरक्षण गर्दै संगसंगै लैजानुपर्नेमा जोड दिनुभएको छ । पेशागत शुद्धता र अनुशासन हरेक संगठनमाअनिवार्य शुत्र भएको भन्दै उहाँहरुले महासंघले यसको लागि सदस्यता शुद्धिकरण अभियान चलाएको स्पष्ट समेत पार्नुभएको छ ।

कार्यक्रममा भूमिकास्थान नगर प्रमुख झविलाल थापा र शितगंगा नगर उप–प्रमुख गीता भाटले समाचार सम्प्रेषण गर्दा पत्रकार आचार संहिताको पूर्ण पालनामाध्यान दिन पत्रकारहरुलाई सुझाव दिनुभएको छ । खोज तथा ग्रामिण पत्रकारीताको विकासमा आफुहरुको साथ रहने भन्दै उहाँहरुले जिल्लाको चौतर्फि विकासमा अर्घाखाँचीका पत्रकार र मिडियाले खेलेको भूमिका सकरात्मक रहेको बताउनुभएको छ ।

मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई, सन्धिखर्क नगर उप–प्रमुख मिश्रा आचार्य,प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल, जिल्ला स्थित
सरकारी तथा गैह्र सरकारी संस्था, व्यवसायिक संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सरोकारवालाको उपस्थितिमा सम्पन्न उद्घाटन समारोहमा सबै कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री र आधिकारीक ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष कृष्ण
बर्माले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँहरुले आम नागरिकको दैनिकी समाचार सुनेर सुरुवात हुने भएकोले सहि समाचार सम्प्रेषण गर्नमा पत्रकार चुक्न नहुने बताउनुभएको
छ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा ख का सभापति हेमन्त बेल्वासे, नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी पूर्व सदस्य सरोज भुसाल, नेकपामाओवादी केन्द्रका लुम्बिनी प्रदेश  समिति सदस्य देव बहादुर रायमाझी, राष्टिय जनमोर्चाका उपाध्यक्ष गोपाल पौडेल र एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहानले मन्तव्य राख्दै राजनितिक दल र पत्रकारमाथि अहिले चौतर्फि हमला भएको भन्दै यसबाट संस्था र व्यवस्थालाई जोगाउन सबै सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँहरुले राजनितिको विकल्प राजनिति नै हुने भएकोले धुमिल पानीमा माछा मार्ने दुस्प्रयास नगर्न अपिल समेत गर्नुभएको छ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, महासंघका पूर्व जिल्ला अध्यक्ष विष्णुप्रसाद भुसाल, शोभाखर पन्थी, हिम लेकाली, प्रेस युनियन केन्द्रिय लेखा समिति सदस्य घनश्याम पौडेल, प्रेस चौतारी अर्घाखाँचीका अध्यक्ष बसन्त श्रेष्ठ, प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष जितेन्द्र खत्री र समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सागर परियारले मन्तव्य राख्दै पत्रकार र संचार जगतमाथि अर्नगल हमला र आरोप लगाउनेका बिरद्ध एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उद्घाटन समारोहको कार्यक्रम जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता, उपाध्यक्ष बिरेन्द्र के.सी.को स्वागत मन्तव्य र सचिव बिनोद गैरेको संचालनमा सम्पन्न भएको हो ।

३ जना पत्रकार सम्मानित

साधारणसभाको अवसर पारेर पत्रकार महासंघ अर्घाखाँचीले महासंघले संचालन गरेको पर्यटन प्रबद्र्धन कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै संस्थाका सह–सचिव हृदय कुमार भुसाल, कोषाध्यक्ष रुद्रमणी भुसाल र सदस्य बिष्णु खनाललाई सम्मान समेत गरेको छ । सम्मानित हुने तिनै जना पत्रकारलाई नगद रु ५ हजार, प्रशंसापत्र र दोसल्लाले सम्मान गरिएको पत्रकार महासंघ अर्घाखाँचीका सचिव बिनोद गैरेले जानकारी दिनुभएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि सिर्पाली, केन्द्रिय सदस्य राधा नेपाली र लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी सहितका अतिथिले दोसल्ला, अभिर र प्रशंसापत्रले सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्