पाणिनी गाउँपालिकाका अध्यक्ष अचुत गौतम पालिका अध्यक्ष मात्र नभई कृषि व्यवसायमा पनि उत्तिकै तल्लीन

| २०७८ सावन १७ गते १३: ५८ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिकाका अध्यक्ष अचुत गौतम पालिका अध्यक्ष मात्र नभई कृषि व्यवसायमा पनि उत्तिकै तल्लीन  देखिन्छन् । 

अध्यक्ष गौतमले केही दिन दुध डेरीसम्म पुर्‍याउदाको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा कमाएको देखिन्छ । 

गौतम दूध लिएर दूध डेरी सम्म प्रायःजसो आफै जान्छन् ।उनले बिहान र बेलुकाको घर बस्दाको समय आफ्नै  कृषि ब्यवसायलाई दिन्छन् बाकी १० बजे बाट ४ बजे सम्मको समय उनी जनताको सेवा पालिकामा व्यस्त हुन्छन् । 

हरेक काम गर्न  आफैबाट सुरुवात गर्नुपर्छ भन्ने उदेश्यले उनी  काम गर्दै अगाडि बढेका छन भाषण कम काम धेरै गर्दै उच्च स्थानमा हासिल गर्दै  एक उदाहरणीय पात्र बन्न   सफल भएका छन् । २०६८ सालदेखि तरकारी खेती, गाईपालन  र कुखुरापालन गर्दै आएको उनले बताए । 

उनले अहिले कुखुरापालन र तरकारी खेतीबाट  खर्च कटाएर वार्षिक १८ देखि २५ लाख रुपैयाँ आम्दानी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्