अर्घाखाँचीमा लकडाउनको पहिलो दिन शितगङ्गाका मुख्य बजार पूर्णरुपमा ठप्प : प्रहरीद्वारा बजारका चोक-चोकमा कडा चेकजाँच

| २०७८ सावन १७ गते २१: ३५ मा प्रकाशित

झनक केसी,अर्घाखाँची। अर्घाखाँचीमा लकडाउनको पहिलो दिन शितगङ्गाका मुख्य बजार चक्ला,अमराई,ठाडा, सितापुर,पूर्णरुपमा ठप्प प्रहरीद्वारा बजारका चोक-चोकमा कडा चेकजाँचमा कडाई गरिएको छ।

अमराई,ठाडामा लकडाउनको प्रभाव 

अर्घाखाँची जिल्लामा हिजो राती १२:०० बजे देखि निषेधाज्ञा जारी भएको आज पहिलो दिन गोरुसिङ्गे अर्घाखाँची सडक खण्डमा रहेका मुख्य बजार भेडामारे,चक्ला,अमराई,ठाडा सितापुर,सुपादेउरालि लगायतका क्षेत्रमा इलाका प्रहरी ठाडाले थप कडाई गरे संगै बजार पूर्ण रुपमा ठप्प रहेको छ। शितगङ्गाका बिभिन्न स्थानमा इप्रका ठाडाका प्रहरी सहायक निरीक्षक शालिक राम खनालको नेतृत्वमा खटिएका टोलिले बजार क्षेत्रमा कडा चेकजाँच अस्थायी ट्राफिक प्रहरिले पेट्रोलिङ्ग,नेपाल प्रहरिको मोबाइल टोली माइकिङ गर्दै बजार अनुगमन तथा निरीक्षणमा डुलीरहेको अवस्था रहेको छ।

लकडाउनको पहिलो दिन शितगङ्गाका मुख्य बजार

 

प्रतिक्रिया दिनुहोस्