कोरोनाको ‘हटस्पट' बन्दै अर्घाखाँची: आज मात्र १५४ जनामा कोरोना संक्रमण,१०१ जनाले कोरोना जितेर घर फर्किए(सम्पूर्ण विवरण सहित)

| २०७८ सावन २८ गते १७: १४ मा प्रकाशित

कमला थापा ,संधिखर्क।अर्घाखाँचीमा आज बिहिवार थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या बढेर ७ सय ८८ भएको छ। 

बिहिवार संधिखर्क नगरपालिका भित्र ७७ जना ,मालारानी गाउँपालिकामा ४० जना र पाणिनी गाउँपालिकामा ९ जना,शितगंगा नगरपालिकामा १ जना र भुमिकास्थानमा २७ जना गरि जम्मा १५४ जनामा कोरोना संक्रमित देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सूचना मार्फत जानकारी दिएको छ। 

कोरोना विवरण 

अर्घाखाँचीमा हाल सम्म जम्मा संक्रमितको संख्या ३९१४ रहेको छ भने हाल उपचाररत ७८८ जना रहेका छन्। हालसम्म कोरोना भाइरसलाई पराजित गरि घर फर्किनेको संख्या ३०४७ रहेको छ,भने हाल सम्म ७९ जनाको मृ'त्यु भएको छ। 

आज कोरोना भाइरसलाई पराजित गरि घर फर्किनेको संख्या १०१ रहेको छ। 

प्रतिक्रिया दिनुहोस्