अर्घाखाँचीमा संचालन भईरहेको कक्षा १२ को नियमित परिक्षाको अनुगमन गर्न अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल परिक्षा केन्द्रमा

| २०७८ भदौ ३१ गते १६: २५ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
भाद्र ३० गते देखी संचालन भइ रहेको कक्षा १२ को नियमित परिक्षा को अनुगमन गर्न अर्घाखाँची का प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल परिक्षा केन्द्र हरुमा पुग्नु भएको छ। 

उहाँले  परिक्षा केन्द्र हरुमा पुगि परिक्षा लाई मर्यादित रुपमा संचालन गर्न  र  परिक्षार्थी हरुको उच्च  मनोबल बढाइ दिनु को साथै लामो समय देखि बन्द बिध्यालय हरुमा अब हुने पठन पाठन मा बिध्यालयको प्रशासन तथा संचालक हरु सग छलफल गर्नु भएको छ।

अनुगमन टोलिमा शसस्त्र प्रहरी  नायब उपरीक्षक रामकृष्ण महर्जन शिक्षा इकाइ प्रमुख मनिराम पराजुली , प्रमुख अनुसन्धान अधिकृत बिनय चर्तुबेदी प्रहरी निरीक्षक गणेश खनाल लगायत को उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्