सन्धिखर्क नगरपालिकाद्वारा बिकास निर्माण का कार्यको अनुगमनमा तिब्रता

| २०७८ असोज २७ गते २१: ४६ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची।
 आस्बिन -२७  सबै नगरबासीको रहर,सुन्दर र समृद्ध सन्धिखर्क नगर भन्ने मुल नारा लिएको सन्धिखर्क नगरपालिका को बिकाश मा तिब्रता दिएको छ ।
  
सन्धिखर्क नगरपालिकाले नगर भित्रको बिकास तिब्रगतिमा  अगाडि बढाएको छ नगरले सन्धिखर्क नगरका ग्रामीण बाटो हरुमा ग्राबेल  कालोपत्रे तथा  आफ्नो क्षेत्रअधिकार बाहिरको गोरुसिङे- सन्धिखर्क सडक अन्तरगत बजार एरियामा खाल्टा खुल्ति पुर्ने काम गरिरहेको छ ।

नगरले मसाल बजार एरिया घोचेखोला ,लदाम तुम्कोट,कुर नुवाकोट ,सल्लिकोट- डिभर्ना शिवालय मन्दिर आसपास - ग्रीन बोर्डिङ आसपास तथा बजार क्षेत्र का अन्य गल्ली हरुमा समेत कालोपत्रे सम्पन्न गरि सकेको छ नगरले टोल  बिकास सुधार समिति हरु लाई थप कृयाशिल बनाउनु का साथै डम्पिङ साइड लाई समेत ब्यास्थित बनाएको छ।

प्रतिक्रिया दिनुहोस्