पाणिनि बहुमुखी क्याम्पस द्वारा समुदाय स्तरमा स्वास्थ सचेतना कार्यक्रम शुरु

| २०७८ कार्तिक १३ गते १४: ५३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
कार्तिक १३-  पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीले समुदाय स्तरमा स्वास्थ सचेतना कार्यक्रम संचालन गर्नुका साथै स्वास्थ सामाग्री हरु बितरण गरेको छ ।
 
क्याम्पसले शनिबार सन्धिखर्क नगरपालिका वडा न.१ को म्यालपोखरी मा पुगि कोबिड १९ लगायत विभिन्न प्रकारका रोग हरु बाट बच्न खानपिन सरसफाइ  मा ध्यान दिने मानसिक तनाव नगर्ने शारीरिक ब्याम गर्ने उच्च मनोबल बनाउने  सामाजिक दुरि कायम गर्ने जस्ता कुरा हरु को बारेमा सचेत गराइएको थियो ।

कार्यक्रममा बिध्यालय ब्याबस्थापन समितिका सदस्य हरु ऋषब अधिकारी अशोक खनाल निमित्त क्याम्पस प्रमुख बिजय खत्री क्यामपस का प्रध्यापक हरु द्रोण प्रसाद भुसाल  माधाब चुदाली लक्ष्मण पोख्रेल , लिलामणि बस्याल शुरज शारु मिनराज खनाल  स्वबियु सभापति लक्ष्मण खड्का  सन्धिखर्क नगरपालिका वडा न.१२ का वडा सचिव अनन्त मणि पोख्रेल स्थानीय समाजसेबि माधब प्रसाद श्रेष्ठ , जेष्ठ नागरिक हरु लगायत को उपस्थित रहेको थियो ।

कार्यक्रम  पाणिनि बहुमुखी क्याम्पस सामाजिक रुपान्तरण सामुदायिक जिम्मेवारी तथा स्वास्थ समितिका अध्यक्ष द्रोण प्रसाद भुसाल को अध्यक्षता  प्रध्यापक शुरज सारु को  स्वागत र प्रध्यापक लक्ष्मण पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्