अर्घाखाँचीमा थप २३ जना कोरोना संक्रमित थपिए: १८ जना कोरोना जितेर घर फर्किए

| २०७८ माघ १० गते १९: ०१ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा 
 ७ जना,भुमिकास्थान नगरपालिकामानमा १ जना  सितगंगा नगरपालिकामा ८ जना ,मालारानी गाउँपालिकामा १ जना ,पाणिनी गाउँपालिकामा ५ जना ,छत्रदेव गाउँपालिकामा १ जना गरि जम्मा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस सहित जिल्ला भरमा सक्रिय कोरोना संक्रमितको संख्या बढेर १ सय ८५ पुगेको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा 
९२ जना,भुमिकास्थान नगरपालिमा १२ जना,शितगंगा नगरपालिकामा  ५१ जना,मालारानी गाउँपालिकामा ६ जना,पाणिनी गाउँपालिकामा २१ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि १ सय ८५ जना संक्रमित हाल उपचाररत रहेका छन ।

यस्तै पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा कोरोना मुक्त हुनेको संख्या  १८ रहेको छ।

प्रतिक्रिया दिनुहोस्