नेपाल बुद्धिजीवी परिषद् अर्घाखाँचीको छैठौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा बिजय खत्री चयन

| २०७८ चैत ३ गते २०: ३८ मा प्रकाशित

शोभाखर पन्थी अर्घाखाँची। नेपाल बुद्धिजीवी परिषद् अर्घाखाँचीको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले बिजय खत्रीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समितिको चयन गरेको छ ।नवगठित समितिको उपाध्यक्षमा पवित्रा भट्टराई ,सचिव विष्णुप्रसाद भट्टराई ,सहसचिव कुलचन्द्र खनाल र कोषाध्यक्षमा माया ज्ञवाली रहनु भएको छ । यसैगरी सदस्यमा नारायण खनाल ,नेत्रलाल पाण्डे ,डिलबहादुर के.सी.,देवेन्द्र के.सी.,गोविन्द के.सी.,विनोद भट्टराई ,कविता घिमिरे ,रोमाकान्त वेल्वासे,दामोदर भाट,कृष्णप्रसाद पन्थी ,बोमबहादुर खत्री ,लोकनाथ अधिकारी ,भुपाल खनाल र उत्तम मणि मिश्र चयन हुनुभएको छ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले राष्ट्र निर्माणमा बुद्धिजीवी हरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले बुद्धिजीवी हरुमा रहेको क्षमता र प्रतिभालाई राज्यले सदुपयोग गर्नुपर्नेमा जोडदिनु भयो ।अर्का वक्ता एमाले केन्द्रीय कमिटीका सदस्य चेतनारायण आचार्यले सरकारले बुद्धिजीवी हरुको क्षमता लाई सदुपयोग गर्न नसकेको बताउनुभयो । वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको उहाँको भनाइ थियो ।

नेपाल बुद्धिजीवी परिषद्का जिल्ला अध्यक्ष ज्ञानबहादुर क्षेत्रीको अध्यक्षता र सचिव प्रेमनारायण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी ,एमाले जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल ,नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य बालाराम ज्ञवाली ,नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्