बरीष्ठ नेताहरु सामन्तीबादी भए : नेता सन्तबहादुर नेपाली

| २०७९ जेठ ३१ गते १६: १८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।नेपाल कम्युनिष्ट पार्टी ( मसाल) अर्घाखाँचीले पत्रकार भेटघाट कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

नेकपा मसाल केन्द्रीय समन्वय समिती सयोजक सन्तबहादुर नेपालीले कार्यक्रममा बोल्दै देशभरीका कम्युनिष्ट नेताहरु विचार मात्र भएको व्यवहारिक नभएको आरोप लगाएका छ्न । नेकपा मसाल पार्टीलाई दक्षिण पन्थीलाई बुझाउने प्रसस्त गतिविधि भएको बताएका हुन ।

बरीष्ठ  नेताहरु सामन्तीबादी भएको भन्दै यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण समर्थक लोकतान्त्रिक शक्तिहरुलाई एक हुन आह्वान पनि गरेका हुन ।

अर्घाखाँचीमा पनि पार्टीका दक्षिणपन्थी निति तथा विधान विपरीतका कार्यवाहीहरु फिर्ता लिनको लागी बैठकद्वारा कुरा पनि नेतृत्वले सुनवाइ नगरेको बताए । प्रेस विज्ञप्ति मार्फत नेकपा मसाल केन्द्रीय समन्वय समिती तथा राजमो केन्द्रीय समन्वय समितीलाई समर्थन गर्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्