मुटु मृगाैला तथा क्यान्सर विरामीलाई उधाेग वाणिज्य संघले आर्थिक सहयाेग गर्ने,निजि क्षेत्र संग सहकार्य रहने: नगर प्रमुख श्रेष्ठ

| २०७९ असार ५ गते २०: ०७ मा प्रकाशित

गणेश खनाल,अर्घाखाँची । उधाेग वाणिज्य सघ अर्घाखाँचीले आफना सदस्यहरूलाइ मुटु,मृगाैला तथा क्यान्सर लागेका एघार हजार आर्थिक सहयाेग गर्ने भएकाे छ। 

उधाेग वाणिज्य सघ नवनिर्वाचित कार्य समितिकाे पहिलाे बैठकबाट साे निर्णय गरिएकाे अध्यक्ष प्रदिप मिश्रले जानकारी दिनुभयाे । आठौँ वार्षिक साधारण सभा तथा छैठाे अधिवेशन सफल बनाउन सहयाेग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिएकाे महासचिव तुल्सिराम खनालले बताउनुभयाे । 

बैठकले व्यवसायीहरूलाइ करदाता सेवा सम्बन्धि शिक्षा आवश्यक रहेकाले छिट्रेेै कर  दाता सेवा कार्यालयकाे समन्वयमा सञ्चालन गर्ने निर्णय गरिएकाे अध्यक्ष मिश्रले जानाकारी दिनुभयाे ।साथै नवनिर्वाचित अध्यक्ष तथा कार्य समितिकाे पदभार कार्यक्रममा बाेल्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले निजि क्षेत्रसग सहकार्य गर्न आफू तयार रहेकाे बताउनुभयाे । 

उधाेग वाणिज्य सघका पुर्व अध्यक्ष समेत रहनु भएका श्रेष्ठले व्यावसायिका दुख सुखमा साथ दिदै अगाडि बढ्न नवनिर्वाचित समितिलाइ आग्रह गर्नुभयाे । निवर्तमान अध्यक्ष युवराज श्रेष्ठकाे अध्यक्षता ,महासचिव तुल्सिराम खनालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्