अर्घाखाँची। अर्घाखाँचीका बिभिन्न स्थानमा अवैध लागु औषध गाँजा फडानी गर्ने कार्यक्रम नेपाल प्रहरीले तिब्र रुपमा अगाडी बढाएको छ।
आज बिहान करिब १० : ३० बजेको समयमा सामुदायिक प्रहरी साझेदारी नियमित तथा साप्ताहिक कार्यक्रम अन्तर्गत अर्घाखाँची जिल्लाको पाणीनि गाउँपालीका वडा नं २ दुर्गाफाँट, भुमिकास्थान न.पा. वडा नं १ अमलाचौर आसपासका क्षेत्रहरु लगाएत जिल्लाका बिभिन्न स्थानहरुमा अवैध रुपमा खेती गरिएको तथा आफै उम्रीएको लागु औषध गाँजा प्रहरी चौकी खिदिम ,प्रहरी चौकी धारापानी र जिल्ला प्रहरी कार्यालय अर्घाखाँची द्वारा सन्धीखर्क न.पा वडा न. २ अर्घा बिहार मा गई अन्दाजी १० आना जग्गामा १०० बोट गाँजा फडानी तथा नष्ट गरि गरिएको छ।
साथै प्रहरी चौकी अर्धातोष बाट छत्रदेव गाउँपालीका वडा नं -६ ठुलापोखरा , प्रहरी चौकी जलुके वाट सिद्धारा न.पा जलुके र सिमलपानीका अं ७०/८० जना स्थानिय बासिन्दा हरुलाई भेला जम्मा पारी लागु औषध सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्