भुवनेश्वोर अधिकारीले गरे छैटौं बृहत् काग सम्मेलन

| २०७९ कार्तिक ६ गते २२: २४ मा प्रकाशित

अर्घाखाँची।  झिलिमिलि दीपको पर्व  भनिने  नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको दोस्रो दिन आज बिहानै कागको पूजा गरिँएको छ।

सामुदायिक रेडियो देउराली १०१मेगाहर्जको संयोजकत्वमा देशभरका झन्डै १२३ रेडियो एफएम स्टेसन बाट "छैटौं बृहत्  ‘काग सम्मेलन’ २०७९ सम्पन्न गरिएको छ ।

यमपञ्चकको दोस्रो दिन काग तिहारका अवसरमा  आज बिहान काग बोलाएर  छैटौं काग सम्मेलन गरिएको हो ।

सम्मेलनमा बहुचर्चित हास्यकलाकार तथा सञ्चारकर्मि भुवनेश्वोर अधिकारिले विभिन्न एफएम रेडियो स्टेसनको छतमा राखिएको स्पिकर बाट कागको स्वर निकालि कराउदा कागलाई एकै ठाउँमा जम्मा पारेको दृश्य आसपासका जनसमुदायहरुले  रमाइलो  गरि अवलोकन समेत गरेका थिए । अधिकारीले  कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको  रेडियोको भवनमा राखिएको स्पिकरसम्म आइपुगेका थिए ।

अधिकारिले विगत ६वर्षदेखि काग तिहारका अवसरमा  रेडियो बाट काग सम्मेलन गर्दै आएका छन् ।

काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरूको बिदाइ र युवाहरूलाई अवसर भन्ने रहेको र देशको दिनप्रतिदिन ओरालो लागिरहेको निराशाजनक राजनैतिक अवस्था र महङगि भ्रष्टाचारको विरुद्धमा काग सम्मेलन गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्